मङ्सिर १४ गतेको कथित उपनिर्वाचन सशक्त रुपमा बहिस्कार गर्न नेकपाको अपिल


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति भक्तपुरले सत्ता टिकाउने केपी वली सरकारले यही मङ्सिर १४ गतेका लागि घोषणा गरेको उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्न आम जनसमुदायमा हार्दिक अपिल गरेको छ । जिल्ला इन्चार्ज विजयसिंहले बुधबार प्रेस विज्ञप्ति निकाली सामाजिक दलाल फासिवादी केपी सरकार आफ्नो मालिक भारतीय साम्राज्यवादी शासकको अगाडि निर्लज्ज रुपले घुँडा टेकी कुटनीतिक पहलद्वारा समस्याको समाधान खोज्ने आत्मसमर्पणवादी चरित्र देखाएर केपी सरकार र त्यसका मतियार दलालहरु नेपाली जनताको चाहना विपरीत सामाजिक फासिवादी सरकार उपनिर्वाचनको नौटंकी नाटक मन्चन गरी खाली भएका ठाउँमा आफ्नो दलाल पात्र ल्याउने कुचेष्टा बनाउन मरिहत्ते गरी लागि परेकोले चुनावमा उम्मेदवारी दिएका उम्मेदवार, मतदान केन्द्र साथै निर्वाचन सम्पन्न पार्ने सम्पूर्णलाई हुन सक्ने जोखिम उत्पन्न परिणामको जिम्मेवार सामाजिक दलाल फासिवादी केपी सरकार रहेको जानकारी गर्दै जनसमुदायलाई यस्तो अनुरोध गरेका हुन् ।

जिल्ला इन्चार्ज विजयसिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज हाम्रो देश राष्ट्रिय स्वाधिनताको मामिलामा गम्भीर संकटमा पर्दै आएको कुरा यहाँहरु सबैलाई अवगत भएकै विषय हो । यो अवस्थामा भारतीय साम्राज्यवादी हस्तक्षेपको इसारामा हाम्रो मातृभूमि नेपालको नक्सामा पर्ने लिपुलेक, लिम्पियाधुरा, कालापाली जस्ता भूभागलाई नेपालको नक्साबाट हटाएर आफ्नो नक्सामा पारेको सार्वजनिक भारतले गरेपछि आम राष्ट्रवादी स्वाभिमानी नेपाली आफ्नो भूमिकोलागि राष्ट्रभक्ति, देशभक्ति, युवा, विद्यार्थी, बुद्धिजिवि, पत्रकार, कर्मचारी, राष्ट्रप्रति बफादार सेना, पुलिस, वकिल, डाक्टर, इन्जिनियर, स्वतन्त्र नागरिक सबैले सिमा अतिक्रमणको विरुद्धमा आवाज उठाई राखेको बेला थप सरकारले त्यसको बारेमा बोल्नु पर्ने र नेतृत्वदायी भूमिका खेल्नुपर्ने परिस्थितिको बेला सामाजिक दलाल फासिवादी केपी सरकार आफ्नो मालिक भारतीय साम्राज्यवादी शासकको अगाडि निर्लज्ज रुपले घुँडा टेकी कुटनीतिक पहलद्वारा समस्याको समाधान खोज्ने आत्मसमर्पणवादी चरित्र देखाएर केपी सरकार र त्यसका मतियार दलालहरु नेपाली जनताको चाहना विपरीत सामाजिक फासिवादी सरकार उपनिर्वाचनको नौटंकी नाटक मन्चन गरी खाली भएका ठाउँमा आफ्नो दलाल पात्र ल्याउने कुचेष्टा बनाउन मरिहत्ते गरी लागि परेको छ । यस उपनिर्वाचनमा भाग लिएर जनतालाई नझुक्याउन हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

इन्चार्ज विजयसिंहले निकालेको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अतः नेपालको दलाल संसदीय फासिवादी सत्ताको विकल्पमा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत प्राप्त गर्ने वैज्ञानिक समाजवादी व्यवस्था उत्तम व्यवस्था हो । त्यसैले यो उपनिर्वाचनलाई खारेज गरी हाम्रो पार्टीलाई सहयोग गरिदिन हुन विनम्र अनुरोध गरिन्छ । साथै चुनावमा उम्मेदवारी दिएका उम्मेदवार, मतदान केन्द्र साथै निर्वाचन सम्पन्न पार्ने सम्पूर्णलाई हुन सक्ने जोखिम उत्पन्न परिणामको जिम्मेवार सामाजिक दलाल फासिवादी केपी सरकार रहेको कुरा यस विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ मंसिर १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :