भ्रष्ट त्रिवि सेवा आयोगविरुद्ध अखिल (क्रान्तिकारी)


काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेवा आयोग खारेजीको माग गर्दै सुरु गरेको अनसन १६ औँ दिनमा प्रवेश गरेको छ । अखिल क्रान्तिकारीले जेठ ६ गतेबाट सेवाआयोग खारेजीको माग राख्दै कार्यालयको मूलगेटमा अनिश्चितकालीन रिले अनशन जारी राखेको हो ।

 

योग्यता र क्षमताका आधारमा भन्दा पनि राजनीतिक पहुँच र भागबन्डाका आधारमा त्रिवि सेवा आयोगले कर्मचारी भर्ती गरेको भन्दै भ्रष्ट त्रिवि सेवाआयोग खारेजीको मागसहित आफूहरूले रिले अनशन सुरु गरेको सङ्गठनका महासचिव पेशल दाहालले बताए ।

उनल भने, ‘भ्रष्ट त्रिवि सेवा आयोगको खारेजी, भ्रष्ट कर्मचारीको निलम्बन, अवैधानिक र राजनीतिक रूपमा भागबन्डा गरी प्रकाशित परीक्षाको नतिजा खारेज नगरेसम्म अनशन जारी रहने पनि बताए ।

अनशनमा ऐक्यवद्धता जनाउन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्रा. डा. सुरेन्द्र केसी, प्रा.डा.मुकेश चालिसेलगायत कीर्तिपुर पुगेका थिए ।

२०७६ जेठ २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :