भ्रमपूर्ण समाचारको खण्डन (विज्ञप्तिसहित)


काठमाडौँ : नेकपाका पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले आफ्नो नाम जोडेर केही सञ्चारमाध्यममा पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको भन्ने समाचार नियोजित भ्रामक रहेको भन्दै खण्डन गरेका छन् ।

बैशाख ८ गते (आइतबार) विज्ञप्ति जारी गर्दै विरहीले भनेका छन्, केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण, कपोलकल्पित हुनुका साथै फुटाऊ र राज गर भन्ने मनसायबाट निर्देशित छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटकपटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै । यसप्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु । विज्ञप्तिको पूर्णपाठ…..

२०७६ वैशाख ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :