भेला सम्मेलनमा जनगणतान्त्रिक सम्पर्क मञ्च

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति अन्तर्गत गोर्खा-काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चको भेला सम्पन्न भएको छ । भेलाले अशोक श्रेष्ठ संयोजक रहेको ११ जना सदस्यीय कार्यसमिति चयन गरिएको छ । सदस्यहरुमा राजु गुरुङ्, हरि श्रेष्ठ, विजय गुरुङ र कुलप्रसाद श्रेष्ठ रहेका छन् । सो कार्यक्रमको प्रमुख अथिति जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय समन्वय समिति केन्द्रीय अध्यक्ष रत्न मगर थिए । भेलाको अध्यक्षता सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले गरेका थिए ।

यस अघि सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति अन्तर्गत ईलाम– काठमाडौँ जनगणतान्त्रिक सम्पर्क समाजको सम्पन्न भएको थियो । भदौ १८ गते बुधबार गंगाराम भट्टराईको संयोजक रहेको ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । सदस्यहरुमा विपना राई, कर्ण राई, जितेन राई, गज्जनी निरौला, सन्तोष भण्डारी र मिलन राई चयन भएका छन् ।

२०७६ असोज ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :