भेनेजुएलाद्वारा अमेरिकी प्रतिबन्धको विरोध

कराकस / बिबिसी, साउन १२ :आइतबार हुने संविधानसभाको चुनावअघि भेनेजुएलामा विपक्षी दलले हिंसा बढाउदै जाँदा अमेरिकी प्रतिबन्धको घोषणा भएको छ । अमेरिकाले भेनेजुएलाका १३ जना नेता तथा सैनिक अधिकारीमाथि प्रजातन्त्रलाई समर्थन नगरेको भन्दै प्रतिबन्ध लगाइदिएलगत्तै भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकी कदम गैरकानुनी भन्दै त्यसको विरोध गरेका छन् । उनले अमेरिकी कदम “गैरकानुनी, अभद्र र अप्रत्याशित’’ भएको प्रतिक्रिया दिएका छन् । पश्चिमी नगर मेरिदामा प्रहरी र प्रदर्शनकारीबीचको झडफमा एक पुरुषको मृत्यु भएको छ भने कराकसमा भएको तनावमा तीन जना घाइते भएका छन् । केही सार्वजनिक सेवाहरु समेत प्रभावित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :