भिषण युद्ध हुँदा लिबियामा ३ सय ९२ जनाको मृत्यु, हजारौं घाइते


काठमाडौं : लिबियाली सेना र विद्रोही सेनाबीच भएको लडाइँमा परी ३ सय ९२ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पुर्वि क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच भएको भिषण संघर्षका कारण लिबियामा कम्तिमा ३ सय ९२ जनाको मृत्यु भएको छ । दुवै पक्षबाट गरी करिव १ हजार ९ सय ३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ, भने लगभग ५० हजार बढी सर्बसाधारण विस्थापित भएका छन् ।

सन् २०११ मा लिबियाका मुअम्मर गद्दाफीको शासन सत्ता पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र संघर्षका कारण संक्रमणकालीन स्थिति जारी रहँदै आएको छ ।

२०७६ वैशाख २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :