भारतीय हस्तक्षेपको विरोधमा सुर्खेतमा प्रदर्शन

काठमाडौँ : कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा नेकपा निकट अखिल क्रान्तिकारीले सुर्खेतमा विरोध प्रदर्शन गरेको छ ।

क्रान्तिकारीको आयोजनामा सुर्खेतको मंगलगढि चोकमा प्रदर्शन गरिएको हाे । विरोध प्रदर्शनपछि आयोजीत कोणसभालाई मध्यपश्चिम विश्वविद्यालय विशेष समिति इन्चार्ज जेनुनले सम्बोधन गरेका थिए । सभाको संचालन विश्वविद्यालय समिति सदस्य आमुलले गरेका थिए । कोणसभामा बोल्ने बक्ताहरुले भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेर हस्तक्षेय गरेको भन्दै साम्राज्यवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधिनताको आन्दोलन आवश्यक रहेको बताएका थिए ।बिरोध प्रदर्शनमा सहभागीहरुले कालापानी, लिम्पियाधुरा, कालापानी हाम्रो हो Go Back India  जस्ता नारा लगाएका थिए । 

२०७६ कार्तिक २५ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :