भारतीय हस्तक्षेपका बिरुद्ध झापामा अखिल (क्रान्तिकारी)को प्रदर्शन

झापा संवाददाता :  भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालीभुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले देशव्यापी प्रदर्शन गरेको छ ।
यसै अन्तर्गत अखिल (क्रान्तिकारी)मेची कोसी क्षेत्रीय समन्वय समितीले झापाको दमकमा हजारौं विद्यार्थीसहित विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य नास्दा सुवेदी लगायतका नेताहरूले सम्बोधन गरेका छन् । अखिल (क्रान्तिकारी)मेची–कोसी क्षेत्रीय समन्वय समितिद्वारा आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट बिधार्थीहरुको उपस्थिति रहेको अखिल क्रान्तिकारी झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :