भारतीय साम्राज्यवादी हस्तक्षेपविरुद्ध काठमाडौँमा मशाल जुलुस


काठमाडौँ : भारत सरकारले नेपालका लिपुलेक, लिम्पियाधुराको ३७२ वर्गकिमि जमिन आफ्नो नक्सामा सिाएर सार्वजनिक गरेको विरोधमा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला र क्याम्पस जिल्लाले काठमाडौँ नयाँबानेश्वरचोकमा मशाल जुलुस निकालेका छन् ।

नेकपाको केन्द्रीय कार्यक्रमअनुसार मशाल जुलुस निकालिएको अखिल क्रान्तिकारीले जनाएको छ । विद्यार्थी सङ्गठनले निकालेको जुलुसमा हजारौँ जनताले ताली बजाएर ऐक्यबद्धता जनाएको सङ्गठनले जनाएको छ ।

जुलुसमा ‘लिपुलेक र कालापानी हाम्रो हो, मिचिएको सीमा र असमान सुगौली सन्धि खारेज गर, साम्राज्यवादी मोदी सरकार मुर्दावाद, सीमा मिच्न पाइँदैन, केपी सरकार चाहिँदैन’ लगायत नारा लगाइएको समाचारमा जनाइएको छ ।

२०७६ कार्तिक २२ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :