भारतीय अतिक्रमणका विरुद्ध चितवनमा बृहत जनप्रदर्शन


चितवन : सरकार र सदन गैरजिम्मेवार भइरहेको समयमा आइतबार चितवनमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र अन्य जवसको संयुक्त आयोजनामा राष्ट्रिय स्वाधिनताको पक्षमा बृहत जनप्रदर्शन भएको छ ।

विरेन्द्र क्यम्पसबाट ठिक दिउँसो १२ बजे हजारौंको सहभागितामा कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड र भारतीय साम्राज्यवाद मुर्दावाद भन्ने लेखिएका प्लेकार्ड, राष्ट्रिय झण्डा, जवस मोर्चाहरुको झण्डा बोकेको जुलुस, सहर परिक्रमा गर्दै पुलचोकमा गई कोणसभामा परिणत भयो ।

कोणसभाको सञ्चालन सुमनले गर्नु भएको थियो । कोणसभालाई विद्यार्थी नेता सुदिप पौडेल र अखिल (क्रान्तिकारी) चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले सम्बोधन गर्नु भएको थियो । संयोजक लामाले सम्बोधन गर्दै भन्नु भयो, ‘भारतीय साम्राज्यवादले भर्खरै प्रकाशन गरेको राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेको छ । यो हाम्रो भूमिमाथि भारतीय साम्राज्यवादले गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दछु । साथै वर्तमान दलाल सामाजिक फासिवादी सरकारको नेतृत्व गरेको केपी ओली भारतीय साम्राज्यवादको अगाडि लम्पसार परेको छ । सबै देशभक्त, प्रगतिशील, राष्ट्रवादी शक्तिहरुलाई भारतीय हस्तक्षेपका विरुद्ध संयुक्त प्रतिरोध संघर्ष गर्न आह्वान गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :