भारतको भाषा नरम, हस्तक्षेप यथावत

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जारी संविधानलाई देउवाको भारत भ्रमणमा पनि स्विकार गरेनन् । मोदीले “नेपालले संविधानको सहलतापूर्वक कार्यन्वयन गर्न सक्नेमा मलाई पूर्व विश्वास छ’’ भनेका छन् । ठाडो हस्तक्षेप र भनाइबाट प्रत्युत्पादक भएपछि भारतले घुमाउरो शैली प्रयोग गरेको हो । मोदीले “हाम्रो सुरक्षा हित पनि एकअर्कामा निर्भर छ र एकअर्कासँग जोडिएको छ’’ भनेका छन् । नेपालको सुरक्षासँग भारतमात्र जोडिएको छैन । अर्को छिमेकी देश चीन पनि छ । आजको विश्वमा भौगोलिक सीमासँग मात्र सुरक्षा निर्भर हुँदैन । त्यसकारण भारतले सुरक्षा प्रश्न उठाएर दबाव श्रृंजनाको पुरानो नीति जारी राखेका छ । अर्को लज्जास्पद विषय के भने नेपालका प्रम देउवाले लिखित विज्ञप्ति नहेरिकन संविधान संशोधन प्रयास जारी राख्ने भन्दै आन्तरिक राजनीतिक विषय पस्केका छन् । भारतको गैरकुटनीतिक दबावलाई देउवाले स्विकार गरेर विदेशी हस्तक्षेपलाई स्वागत गरेका छन् । जसको देशभित्र प्रम देउवा नफर्किंदै विरोेध शुरु भएको छ । ‘भाषा नरम, हस्तक्षेप यथावत’ शैलीका रुपमा दिल्लीको नेपाल नीति यथावत रहेको प्रस्ट भएको छ । यस्तो समयमा आफ्नो सचिवालयद्वारा बनाइएको लिखित विज्ञप्ति छाडेर मौखिक भाषण गरेकोप्रति सचिवालय नै रुष्ट भएको छ ।

२०७४ भदौ ९ गते १२ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :