भाकपा (माओवादी) को नयाँ प्रकाशन

thumb_20170601180548_bhrat-patrika

काठमाडौं/जेठ १९,  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को ‘पश्चिम घाट विशेष जोनल कमिटी’ ले कम्युनिस्ट नामको वैचारिक प्रकाशन प्रकाशित गरेको छ । मे २०१७ मा प्रकाशित यसको पहिलो अङ्कमा सम्पादकीय लगायत ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’, ‘दि भाइलेन्ट पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए), इट्स हिस्टोरिकल सिग्निफिकेन्स एन्ड इन्डियन रिभोलुसन’, ‘पोलिटिकल सिचुएसन एन्ड आवर टास्कस्’ र ‘कल टु दि पिपुल’ शीर्षकका रचनाहरू रहेका छन् ।

‘पश्चिम घाट विशेष जोनल कमिटी’ को प्रकाशन भएकाले त्यहाँको माओवादी आन्दोलनको स्थिति खास गरेर वर्तमानमा त्यहाँको आन्दोलनले भोग्नु परेको समस्या, त्यहाँ भएका राजनीतिक तथा फौजी गतिविधीको चर्चा हुनु स्वाभाविक छ । परन्तु यसमा स्थानीय किसिमका मात्र रचना छैनन् । यसमा सार्वभौम प्रकृतिका रचनाहरू पनि छन्, जसले सिङ्गो भारतीय माओवादी आन्दोलनका साथै साम्राज्यवादको वर्तमान चरित्र र यसका विरुद्धको सङ्घर्षका बारेमा पनि प्रकाश पार्दछन् । ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’, ‘दि भाइलेन्ट पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए), इट्स हिस्टोरिकल सिग्निफिकेन्स एन्ड इन्डियन रिभोलुसन’ यसै प्रकृतिका रचनाहरू हुन् ।

पार्टी कार्यकर्ताको राजनीतिक-वैचारिक स्तरलाई उकास्नु आवश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यो प्रकाशन त्यसै उद्देश्य परिपूर्तितर्फको प्रयास हो भनेर यसको सम्पादकीयमा लेखिएको छ । पार्टीमा विभिन्न कारणबस गलत प्रवृत्ति देखा पर्ने र हाम्रो क्षेत्रमा पनि यस किसिमका प्रर्वत्तिहरू देखा पर्नथालेका र तिनलाई समयमै निराकरण नगर्दा नोक्सान पुग्ने हुँदा पार्टीलाई बोल्सेवीकरण गर्ने उद्देश्यका साथ पत्रिका प्रकाशित गरिन थालिएको कुरा यसमा उल्लेख छ ।

 ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, निकै महत्वपूर्ण रचना हो । यसले नक्सलबाडी इतिहासको एउटा घटनामा होइन, यसलाई क्रान्तिकारी राजनीति र विचारको  जीवन्तता र निरन्तरतामा हेर्नुपर्छ भनिएको छ । नक्सलबाडीले क्रान्तिका लागि क्रान्तिकारी पार्टीको आवश्यकता र औचित्यलाई पुष्टि गरेको कुरामा प्रकाश पारेको र त्यसैको विरासतमा अघि बढेर भारतीय माओवादी आन्दोलन अघि बढेको कुरा यस रचनामा उल्लेख गरिएको छ । त्यसै गरी ‘दि भाइलेन्ट पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए), इट्स हिस्टोरिकल सिग्निफिकेन्स एंड इन्डियन रिवोलुसन’ अर्को महत्वपूर्ण रचना हो ।  यसमा भारतमा जनमुक्ति छापामार सेनाको निर्माणदेखि वर्तमानसम्मको इतिहास र यसको भूमिका प्रस्ट पारिएको छ ।

‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’मा  साम्राज्यवाद आर्थिक–राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ र यो सङ्कटबाट मुक्त हुन अरू देशका प्राकृतिक स्रोतसाधनमाथि कब्जा गर्नुका साथै जनताको आन्दोलन दबाइरहेको छ भनिएको छ । यसमा भारतीय प्रतिक्रियावादले विदेशी शक्तिलाई खुसी पार्न कसरी देशको प्राकृतिक साधनस्रोत विदेशीलाई सुम्पेको छ र यसको विरोध गर्ने जनतालाई माओवादी भन्दै दमन गरिरहेको छ भने र चर्चा गरिएको छ ।

 ‘पोलिटिकल सिचुएसन एन्ड आवर टास्कस्’ र ‘कल टु दि पिपुल’ भाकपा (माओवादी) ‘पश्चिम घाट विशेष जोनल कमिटी’ ले समसामयिक सन्दर्भलाई लिएर जारी गरिएका वक्तव्यहरू हुन् । खासगरेर ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’, ‘दि भाइलेन्ट पिपुल्स लिबरेसन गुरिल्ला आर्मी (पिएलजिए) , इट्स हिस्टोरिकल सिग्निफिकेन्स एन्ड  इन्डियन रिभोलुसन’, विशेष महत्वका रचना हुन् । आजको साम्राज्यवादको स्थितिलाई बुझन् ‘क्राइसिस अफ इम्पेरियलिज्म, फासिज्म एन्ड आवर टास्कस्’ निकै सहयोगी रचना हो ।

पिडिफ फर्म्याटमा उपलब्ध यो कम्युनिस्ट भारतीय माओवादी आन्दोलनका बारेमा जानकारीका राख्न रुचि राख्नेहरूका लागि मात्र नभएर आजको क्रान्तिको दिशाका बारेमा जानकारी राख्ने रुचि राख्नेहरूका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ l 

जनमेल डट कमबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :