भाकपाद्वारा अर्काे आक्रमण

cpi-maoistsकाठमाडौं/जेठ २२,  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एम्बसुमा परेर ओडिसा(आन्ध्र क्षेत्रमा तैनाथ विशेष फोर्स ‘स्पेसल अपरेसन ग्रुप’ (एसओजी) का एकजना सदस्यको ठाउँका ठाउँ मृत्यु भएको र अरू १० जना मरणासन्न अवस्थामा रहेका कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गए राती माओवादीका विरुद्ध कम्बिङ अपरेसनबाट फर्केको सो दस्ता ओडिसा राज्यको कन्धामल जिल्लाको पोखरीबन्ध ठाउँमा एम्बुसमा परेको थियो । सम्बद्ध स्रोतले सो विशेष दस्तामा कति जना थिए भन्ने कुरा जानकारी नगराए पनि एम्बुसमा पर्ने बित्तिकै माओवादीले ग्रिनेड र गोलीले प्रहार गरेको र विशेष फोर्सले पनि ३०० राउन्ड गोली चलाएको कुरा प्रहरी प्रमुखले जानकारी गराएको भनेर समाचार माध्यमहरूले उल्लेख गरेका छन् । घाइतेहरूलाई बेरहमपुर र बोलिगुड्डाका असपतालमा भर्ना गरेको र ४ जनाको स्थिति गम्भीर रहेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । समाचार माध्यमका अनुसार सोमबार दिनभरि विशेष अपरेसन फोर्सले घटनास्थलमा कम्बिङ अपरेसन चलाएको छ । जनमेल डट कमबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :