ब्राजिलमा कैदी बन्दीबीच झडप : कम्तिमा ५२ जनाको मृत्यु


काठमाडौं : ब्राजिलको पारा राज्यको अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ भने १६ जनाको शीर छेदन गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप दिउँसोमात्र नियन्त्रणमा लिइएको थियो । स्थानीय मिडियाहरुका अनुसार जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि सुरु भएको विवादले झडपको रुप लिएको हो ।

अधिकारीहरुका अनुसार झडपको क्रममा जेलभित्रै आगो लगाइएको थियो र धुँवाको कारण श्वासप्रस्वासमा समस्या आएर पनि केहीको मृत्यु भएको अनुमान गरिएको छ । ब्राजिलका अल्टामिरा जेलको क्षमता २ सय रहे पनि ३ सय ११ जना कैदीलाई राखिएको थियो ।

२०७६ साउन १४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :