बाढी प्रभावित क्षेत्रमा सर्प र लामखुट्टेको बिगविगी, किटनाशक झुल दिन सुकुमबासीको माग


विराटनगर : बाढीको चपेटामा परेर विस्थापित भएका मोरङमा सर्प र लामखुट्टेबाट प्रभावित बनेका छन् । अहिले बस्तीमा सर्प र लामखुट्टेको बिगविगी छ । विराटनगर महानगरपालिका भित्रका बाढी प्रभावित क्षेत्रमा बेलुका सर्प निस्कन थाले पछि स्थानीयहरु त्रसित भएका छन् ।

मोरङमा अहिले बेलुका हुन साथ सडकमा विषालु सर्पहरु देखिने गरेको स्थानीय बताउँछन् । सर्पबाट युवालाई भन्दा पनि बालबालिका र बृद्धबृद्धालाई जोगाउन मुस्किल भएको विराटनगर १२ सुकुमबासीहरु बताउछन् । सर्पसँगै लामुखट्टेको पनि संख्या बढेकाले सुत्नसमेत नसकेको सुकुमबासीको भनाई छ । बाढी आएपछि लामखुट्टेको संख्या बढेकाले तत्काल किटनाशक झुल दिन सुकुमबासीहरुले स्थानीयतहसँग माग गरेका छन् । बाढी गयो, सर्प र लामखुट्टे बढेको छ, नियन्त्रण गर्नु पर्ने आवश्यकता छ, स्थानीय सरकारले यस विषयमा चासो दिएको देखिँदैन ।

दिनभरी मजदुरी गर्ने सुकुम्बासी प्राय गर्मीको बेला सडक र बाहिर बस्ने गरेका छन् । उनिहरु सर्प र लामखुट्टेबाट अन्य स्थानीय भन्दा बढी पभावित छन् । विराटनगर स्थित कोशी अञ्चल अस्पतालका प्रमुख डाक्टर रोशन पोखरेलले बाढी प्रभाति क्षेत्रबाट अन्य रोगका बिरामी नआए पनि सर्पदंशका बिरामी बढी आएको बताए । उनले दैनिक ३÷४ जना सर्पदंशका बिरामी आउने गरेको बताए ।

२०७६ साउन ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :