बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ७४ पुग्यो / ५० बेपत्ता, ३४ हजार घर डुबानमा

काठमाडौं / साउन ३० : लगातार वर्षाका कारण बाढी, पहिरोबाट ज्यान गुमाउनेको संख्या दिनानु दिन बढ्दै गइरहेको छ । त्यसैक्रममा बाढी, पहिरोबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ भने ५० जना  भन्दा बढी बेपत्ता भएका छन् । सरकारी तथ्याङक अनुसार सुनसरीमा ८ जना, रौतहटमा ७ जना,  मोरङमा ७ जना, मकवानपरमा ६ जना,  झापामा ४ जना ,  सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३, चितवनमा २ जनाको ज्यान गएको भने पनि ज्यान गुमाउनेकाे संख्या बढी हुन सक्ने विज्ञहरू बताउछन् ।  बाढी पहिारोनका कारण तराईका ३४ हजार घर डुबानमा परेको समाचार प्राप्त भएको छ । त्यस्तै बाढी पहिराेका कारण तरार्इका ८० प्रतिशत धानबालीमा डुबानमा परेकाे छ भने  पूर्वमा मात्र २९ कराेडकाे क्षती भएका छ । त्यस्तै पश्चिम तरार्इ पनि जलमग्न भएकाे समाचार पाप्त भएकाे छ । 

२०७४ साउन ३० गते ८ : ०४ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :