बाढीपहिरोका कारण ६० जनाको मृत्यु, २६ बढी बेपत्ता


काठमाडौं : अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ६० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर ३ मा २३ जनाको मृत्यु भएको छ । ललितपुरमा ५, काठमाडौंमा ३, सिन्धुलीमा ४, मकवानपुरमा ४, काभ्रेमा ३, धादिङमा २, रामेछापमा १ र चितवनमा १ जनाको मृत्यु भएको छ ।

यस्तै, प्रदेश नम्बर १ मा १९ जनाले ज्यान गुमाएका छन् । खोटाङमा ३, पाँचथरमा १, इलाममा १, झापामा २, उदयपुरमा २, भोजपुरमा ५, ओखलढुङ्गामा ४ र सुनसरीमा १ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परेर प्रदेश नम्बर २ मा १४ जनाको मृत्यु भएको छ । पर्सामा २, बारामा २, रौतहटमा ५, महोत्तरीमा २, सिरहामा १ र धनुषामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रदेश नम्बर ५ को पाल्पा र दाङमा १–१ गरी २ र कर्णालीको डोल्पा तथा जाजरकोटको सीमा क्षेत्रको खोला कासिल खोलामा बगेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, बेपत्ता हुनेमा प्रदेश नम्बर ३ मा ८, प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर २ मा ३, प्रदेश नम्बर ५ मा १ र कर्णालीमा ९ जना रहेको प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

बाढी र पहिरोमा परेका १ हजार ४ सय ४४ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

२०७६ असार ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :