बाग्लुङमा जिप दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौँ : अर्घाखाँचीमा बस दुर्घटनामा परी १९ जनाको ज्यान गएको एक साता नबित्दै मङ्गलबार बाग्लुङको भीमगिठेमा जिप दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप सडकबाट खोलामा खसेको थियो । घटनामा परी ३ जना घाइते भएका छन् भने एकजना हराइरहेका छन् । दुर्घटनामा चालकको पनि मृत्यु भएको छ । मृतक र घाइतहरुको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :