बझाङमा एकाविहानै भूकम्प गयो

काठमाडौं / भदौ ६ : बझाङमा एकाविहानै भूकम्पको कडा धक्का हुने वितिकै सर्वसाधारण भागाभाग
भएका छन् । मंगलबार विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको कडा धक्का महसुस भएपछी सर्बसाधारणहरू कराउदै घर बाहिर निस्किएका थिए । भूकम्पबाट कुनै प्रकारको क्षती नभएको बताइएको छ ।

 

२०७४ भदौ ६ गते ८ : ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :