प्राकृतिक स्रोतसाधन दोहन गर्ने खानीमा विस्फोट

फाइल फोटो

काठमाडौँ : पाल्पामा रहेको सिद्धेश्वर चुनढुङ्गा उद्योगमा बम विस्फोट भएको समाचार प्राप्त भएको छ । जिल्लाको रैनादेखी छहरा गाउँपालिका वडा नम्बर १ मा रहेको उक्त चुनढुङ्गा उद्योगमा गएराती बम विस्फोट भएको बताइएको छ ।
बम विस्फोट भएको स्थानमा जिल्ला जनपरिषद् पाल्पा लेखिएको पर्चा भेटिएको छ । उक्त पर्चामा प्राकृतिक स्रोतसाधन दोहन गरेको, स्थानीय जनता र व्यवसायीलाई मर्कामा पारेको, नेकपाको जनसत्तामा दर्ता नगरेको भन्दै जिल्ला जनपरिषद् पाल्पाले उक्त विस्फोट गराएको उल्लेख छ । चुनढुङ्गा खानी सञ्चालकहरूको बदमासीबारेमा पाल्पामा विगतदेखि नै विरोध भैरहेको छ भने जनस्तरबाट समेत तीव्र आलोचना हँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :