प्रहरीमा महरा विरुद्ध बलात्कार प्रयासको उजुरी दर्ता

काठमाडौँ : यौन दुव्र्यवहार गरेको आरोप लागेका कृष्णबहादुरविरुद्ध प्रहरीमा उजुरी परेको छ । जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । आइतबार संसद सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि यौन दुव्यवहार गरेको अभियोग लागेपछि महराले भोलीपल्टै सभामुख पदबाट राजीनामा दिएका थिए । शाहीले उजुरी दिएसँगै प्रहरीले महरालाई अनुसन्धानको लागि पक्राउ गर्ने सम्भाबना वढेको छ । एकाएक घटना सार्वजनिक भएसँगै नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डसँगको छलफल पछि वसेको सचिवालयको बैठक उनलाई राजीनामा दिन सुझाएको थियो । घटनाको अनुसन्धान नचल्दै महराले नैतिकताको आधारमा सभामुखको पदबाट राजीनामा दिएका थिए ।
आफूमाथि यौन हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी रोशनी शाहीले महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । आफु श्रीमानसँग छलफलपछि मात्र के गर्ने भन्ने निष्कर्षमा पुग्ने बताएकी शाहीले पछिल्लो समय आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको भन्दै निवेदन दिएकी थिइनन । बरु उनले महरा आफ्नो वुवा जस्तो व्यक्ति भएको र उहाबाट आफुमाथि दुव्र्यवहार नभएको बताएकी थिइन । सामाजिक संजालमा चर्का र उत्तेजक भनाईहरु सार्वजनिक गर्दै आएकी शाहीले घटना भएको ६ दिनपछि मात्र प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । उजुरी परेसँगै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :