प्रतिबन्ध चिर्दै सिन्धुलीमा जनपरिषद्को तेस्रो अधिवेशन

सिन्धुली : नेकपा सिन्धुली जनपरिषद्को जेठ २९ गते तेस्रो अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । उक्त अधिवेशनका प्रमुख अतिथि जिल्ला इन्चार्ज शशी थिए ।

बैठकको अध्यक्षता नेकपाका ज्येष्ठ जिल्ला समिति सदस्य ल्वाङसिंहले गरेका थिए । अधिवेशनले चारजना प्रतिनिधि पछि थप गर्ने गरी १९ जना रहेको जनपरिषद् गठन गरेको छ । जिल्ला जनपरिषद्को अध्यक्षमा आरबी चयन भएका छन् । जनपरिषद् प्रमुखमा कपिल निर्वाचित भएको समाचार प्राप्त भएको छ ।

 

प्राप्त समाचार अनुसार जनपरिषद् प्रमुख कपिलको नेतृत्वमा पाँच सदस्यीय जिल्ला जनपरिषद् घोषणा गरिएको छ । जनपरिषद् सदस्यमा ज्ञानबहादुर, राजन, सुनिता र गर्जन रहेका छन् । उक्त जिल्ला जनपरिषद्ले अहिलेको दलाल सत्तालाई परास्त गर्दै नेकपाको नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ता लागूगर्दै जाने प्रतिबद्धता व्यक्त गरेको सिन्धुुलीबाट प्राप्त समाचारमा जनाइएको छ ।

अधिवेशनमा दक्षिण सिन्धुली जिल्ला सेक्रेटरी गोपाल र पूर्वी सिन्धुली जिल्ला सेक्रेटरी शेरमान पनि अतिथिका रुपमा उपस्थित रहेको जनाइएको छ । नेकपा जिल्ला समिति सदस्यहरुलगायत सम्पूर्ण जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

२०७६ जेठ ३१ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :