प्रतिबन्धका विरुद्ध नेकपा निकट युवा संगठनद्वारा कोणभसा सम्पन्न


कास्की : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो संयोजक कुमारले गरीब, किसान, मजदुर र सुकुम्बासी लगायत उत्पीडित वर्गलाई झन् उत्पीडनमा पार्न नेकपामाथि प्रतिबन्ध लगाइएको टिप्पणी गरेका छन् ।

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित युवा संगठन नेपाल जिल्ला संगठन समिति कास्कीले जेठ ५ गते कास्की जिल्लाको लेखनाथस्थित पटनेरीमा आयोजना गरेको सरकारी प्रतिबन्ध बिरुद्धको कोणसभामा बोल्दै युवा संगठनका नेता कुमारले त्यस्तो कुरा बताएका हुन् ।

युवा सङगठनका नेता कुमारले केपी–प्रचण्ड सरकार साम्राज्यवादको दलाल साबित भएको जिकिर गर्दै आफुहरुले दलाल, फटाह र कमिसनखोरहरुलाई कार्वाही गर्दा आफुहरुको पार्टी नेकपामाथि प्रतिबन्ध लगाइएको उनले आरोप लगाए । उनले आफ्नो मातृ पार्टी नेकपामाथिको प्रतिबन्ध त्यस पार्टी विरुद्ध मात्र सिमित नभएको स्पष्ट पारे ।

यत्रतत्र, सर्वत्र सत्ताका मतियारहरु र सुराकीहरु भएपनि उनीहरुको आँखा छलेर युवा संगठन नेपाल जिल्ला संगठन समिति कास्कीले गरेको उक्त कार्यक्रम संचालन युवा संगठन नेपाल कास्कीकी संयोजक सोममाया विकले गरेकी थिइन ।

२०७६ जेठ ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :