पोखराका ठाउँठाउँमा बम भेटिए, कहीँ विस्फोट कहीँ निष्क्रिय

पोखरा : पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात माविमा मतदान हुँदै गर्दा बम विस्फोट भएको छ । यसअघि शनिबार बिहान पौने ८ बजे वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदानकेन्द्रनजिकै बम विस्फोट भएको थियो । मतदानकेन्द्रभन्दा केही टाढा विस्फोट भएको प्रहरीले जनाएको छ । यी दुवै ठाउँमा मानवीय क्षति भने भएको छैन । चुनाव बहिष्कार गर्न विस्फोट गराइएको जानकारहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :