पुर्वसभामुख महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौंँ: संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहस बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको हो ।

उक्त मुद्धाको टुंगो नलागेसम्म महरा थुनामा रहनेछन् । उनलाई डिल्लीबजार कारागार लगिनेछ । महरामाथि लागेको आरोप प्रमाणीत भएको खण्डमा मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कार उद्योगको आरोपमा साढे ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सार्वजनिक ओहोदाको दुरुपयोग गरी अपराध गरेको भन्दै सरकारी वकिलकाे कार्यालयले महरालाई हुने सजायमा डेढ गुणा थप गर्न पनि माग दावी गरेको थियो ।

२०७६ कार्तिक १८ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :