पुन र विकलाई तत्काल रिहा गर – नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाले राप्ती गाँउपालिकाको लालमटियाबाट दाङ जिल्ला सदस्य भीमप्रकाश पुन र दलित मुक्तिमोर्चा नेपाल दाङ जिल्ला सचिव रेशम विकलाई शान्तिनगर ३ भलानेटीमा आफ्नै घर बसिरहेको बेला बिहीबार गैरन्यायिक ढंगले गिरफ्तार गरि हिरासत राखिएको भन्दै विनासर्त तत्काल रिहाइ गर्न माग गरेको छ । जिल्ला सेक्रेटरी भगवाणराजले शुक्रबार प्रेस विज्ञप्ति निकाली नेपाली राजनीतिमा अमेरिकी योजना एमसीसीबारे तातो बहस भइरहेको बेला अन्यथा राज्यको गलत कदमका विरुद्ध चरणबद्ध आन्दोलनमा जाने र त्यसको जिम्मेवार स्वयम् राज्य हुने चेतावनी दिएका छन् ।

दाङ जिल्ला सेक्रेटरी भगवाणराजले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली राजनीतिमा अमेरिकी योजना एमसीसीबारे तातो बहस छ । सिङ्गै देश एमसीसीको पक्ष र विपक्षमा बाँडिएको छ । सारा स्वाभिमानी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, बुद्धिजीवी, कम्युनिस्टहरु एमसीसीका विरुद्ध उभिएका छन् भने नेपाली काँग्रेस, केपी वली समूह, कमल थापा लगायत केही दलाल, कमिसन खोरहरु एमसीसीका पक्षमा देखिएका छन् । एकातिर भने अर्कोतिर केपी–प्रचण्ड सामाजिक दलाल फासिवादी सरकारले हाम्रो पार्टीका नेता कार्यकर्ताहरुलाई दमन धरपकड दिन प्रतिदिन बढाउँदै लगिराखेको छ । राष्ट्रियता जनजिविकाको पक्षमा वकालत गर्ने शक्तिको विरुद्धमा निर्ममतापूर्वक लाग्नुले साम्राज्यवादीका दलालहरु केपी–प्रचण्ड मण्डलीहरु नै भएको पुष्टि गर्दछ ।’

सेक्रेटरी भगवाणराजले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यसैक्रममा आज माघ १० गते विहान राप्ती गाउँपालिकाको लालमटियाबाट नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य कमरेड भीमप्रकाश पुन र दलित मुक्तिमोर्चा नेपाल दाङ जिल्ला सचिव कमरेड रेशम विकलाई आफ्नै घर शान्तिनगर ३ भलानेटीबाट हिजो माघ ९ गते गैरन्यायीक ढंगले गिरफ्तार गरी हिरासतमा राखिएकाले विनासर्त रिहाईको माग गर्दछौं । अन्यथा राज्यको गलत कदमको विरुद्ध चरणवद्ध आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयंम राज्य नै हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :