पाल्पामा जनसमुदायका बीच जनयुद्ध दिवस भव्य रूपले मनाइयो


पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले २५ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाएको छ । नेकपा जिल्ला इन्चार्ज प्रवीणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्यापक जनताको सहभागिता रहेको नेकपा पाल्पाले जनाएको छ । कार्यक्रममा अबिर आदानप्रदान गर्नुका साथै चकलेटलगायत मिठाइ पनि वितरण गरिएको समाचारमा जनाइएको छ ।

कार्यक्रममा नेकपा पाल्पा जिल्ला इन्चार्ज प्रवीणले महान् जनयुद्धका मूल्यमान्यताबाट स्खलित प्रतिक्रान्तिकारी, आत्मसमर्पणवादी र सुधारवादीहरूले जनयुद्धका सम्पूर्ण उपलब्धिहरूलाई पद र पैसामा सौदाबाजी गर्दै लिलामी गरेको भन्दै अब सशक्त प्रतिरोध र आन्दोलन गर्न आह्वान गरे । सहिद र बेपत्ता योद्धाको विशेष स्मरण गर्दै इन्चार्ज प्रवीणले घाइते योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।

इन्चार्ज प्रवीणले एकीकृत जनक्रान्तिको महासङ्ग्रामबाट गद्दारहरूको फैसला गरिने पनि बताए ।
कार्यक्रम विद्यार्थी नेत्री शारदा भण्डारीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा अन्य जवस र मोर्चाका नेताहरूले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :