पार्टीको नाममा भ्रम छर्नेलाई महानगर कमिटीको अपिल


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाको भरतपुर महानगर कमिटीले हाल गैडाकोट बस्दै आएका पोशकान्त चापागाईले म नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्दै पार्टी र नेतृत्वको विरुद्ध भ्रामक कुरा गर्दै हिडिरहेको कुराप्रति महानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । भरतपुर महानगर कमिटी इन्चार्ज विजय शर्मा र सेक्रेटरी देवकुमारले शुक्रबार विज्ञप्ति निकाली केही व्यक्तिलाई पार्टीभित्र घुसपैठ गराएर पार्टीकाविरुद्ध विभिन्न खालको भ्रम फैलाउन, विभिन्न व्यक्ति र संस्थालाई राज्यले प्रयोग गरेको छ । यहि क्रममा भरतपुर महानगरपालिका घर भएका हाल गैडाकोट बस्दै आएका पोशकान्त चापागाई भन्ने व्यक्ति हाम्रो पार्टीको कुनै पनि कमिटीको सदस्य नरहेको र उक्त व्यक्तिले हाम्रो पार्टीको सदस्य हुँ भनी कतै पार्टीको दुरुपयोग गरेको पाइएमा हाम्रो पार्टीलाई खबर गरी सहयोग गरिदिनु हुन सम्पूर्ण महानगरबासीलाई अनुरोधसमेत गरेका छन् ।

महानगर कमिटी इन्चार्ज विजय शर्मा र सेक्रेटरी देवकुमारले विज्ञप्तिमा भनेका छन्, ‘देशमा दुईवटा शक्तिबीच आमने–सामने संघर्ष चलिरहेको छ । जनताको पक्षमा आन्दोलन गरिरहेको हाम्रो पार्टीलाई सामाजिक दलाल सरकारले प्रतिबन्ध लगाएको छ । हाम्रो पार्टीकाविरुद्ध विभिन्न खालको भ्रम फैलाउन, विभिन्न व्यक्ति र संस्थालाई राज्यले प्रयोग गरेको छ । केही व्यक्तिलाई पार्टीभित्र घुसपैठ गराएर हाम्रो विरुद्ध ठूलो षड्यन्त्र गरिरहेको छ । यहि प्रक्रियामा भरतपुर महानगरपालिका घर भएका हाल गैडाकोट बस्दै आएका पोशकान्त चापागाईले म नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्दै पार्टी र नेतृत्वको विरुद्ध भ्रामक कुरा गर्दै हिडिरहेको कुराप्रति महानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । पोशकान्त चापागाई भन्ने व्यक्ति हाम्रो पार्टीको कुनै पनि कमिटीको सदस्य नरहेको व्यहोरा यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौं । उक्त व्यक्तिले हाम्रो पार्टीको सदस्य हुँ भनी कतै पार्टीको दुरुपयोग गरेको पाइएमा हाम्रो पार्टीलाई खबर गरी सहयोग गरिदिनु हुन सम्पूर्ण महानगरबासीलाई पार्टी अनुरोध गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ..

२०७६ असोज ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :