पार्टीको नाममा चन्दा उठाउनेलाई नेकपाको चेतावनी


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाको भरतपुर महानगर कमिटीले आफ्नो पार्टीको आधिकारिक ब्यक्ति बाहेक अरुलाई आर्थिक सहयोग नगर्न आग्रह गरेको छ । भरतपुर महानगर कमिटी इन्चार्ज विजय शर्मा र सेक्रेटरी देवकुमारले सोमबार विज्ञप्ति निकाली केही महिना अगाडि पार्टीबाट निष्काशन गरिएका पुरन राईलगायतका केही लफङ्गा आवाराहरुले मालपोत कार्यालय चनौली, स्मल हेबेन स्कुल कैलाश नगर, जानकी माविलगायतका केही ठाउँबाट म नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्दै आर्थिक सहयोग लिएको सुचनाप्रति महानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको र अराजक गतिविधिको घोर भत्र्सना गरेका छन् । साथै विज्ञप्तिमा यस्तो गतिविधि नसच्चिएमा उचित कारबाही गर्न पार्टी बाध्य हुने उल्लेख गरिएको छ र उक्त व्यक्तिहरु पार्टीका नाममा आर्थिक सहयोग लिन आएको पाइएमा पार्टीका महानगर कमिटीलाई खबर गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई भरतपुर महानगर कमिटीले अनुरोधसमेत गरेको छ ।

भरतपुर महानगर कमिटी इन्चार्ज विजय शर्मा र सेक्रेटरी देवकुमारले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी स्थापना गर्न आन्दोलन गरिरहेको छ । यही आन्दोलनको महान यात्रामा अहिले पार्टी केन्द्रको आह्वानमा उद्योगी व्यवसायीहरुबाट आर्थिक सहयोग लिने अभियान चलाइएको छ । उद्योगी व्यवसायी र सुभेच्छुकहरुबाट विगत झै अलिहे पनि राम्रो सहयोग भइरहेको छ । यही हाम्रो महाअभियानको अवसर पारेर केही महिना अगाडि पार्टीबाट निष्काशन गरिएका पुरन राईलगायतका केही लफङ्गा आवाराहरुले मालपोत कार्यालय चनौली, स्मल हेबेन स्कुल कैलाश नगर, जानकी माविलगायतका केही ठाउँबाट म नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुँ भनी आर्थिक सहयोग लिएको सुचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अराजक गतिविधिको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्तो गतिविधि नसच्चिएमा उचित कारबाही गर्न पार्टी बाध्य हुनेछ । उक्त व्यक्तिहरु हाम्रो पार्टीका नाममा आर्थिक सहयोग लिन आएको पाइएमा हाम्रो पार्टीका महानगर कमिटीलाई खबर गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई भरतपुर महानगर कमिटी अनुरोध गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ असोज १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :