पाँच पार्टीद्वारा शान्तिवाटीकामा प्रतिबन्ध खारेज गर्न विरोधसभा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध खारेज गर्न माग गर्दै सरकारकोे विरोधमा पाँच पार्टीले शुक्रबार विरोधसभा गरेका छन् ।

विरोधसभामा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारको फाँसीवादी कदमकै कारण देशमा लडाइँ हुने बताएका छन् । नेता गजुरेलले जनयुद्धलाई धोका दिएर अहिले संसदीय व्यवस्थाका ठेकेदार भएर बसेका प्रचण्ड र बादलहरुको भ्रष्ट बुद्धिले मुलुकमा फेरी भीषण लडाइँ हुने चेतावनी दिए । सभाका वक्ताहरुले प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन् ।

सभामा ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले उक्त विरोधसभाको आयोजना गरेका थिए । साथै कालापानीलगायत सीमा भारतले मिचेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन् । एनसेल, सुन, वाइडबडी, निर्मला पन्त हत्याकाण्डका दोषीमाथि कारवाही गर्न सरकारसँग मागसमेत गरे ।

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :