पहिलाे दिनकाे खेल ब्याडमिन्टनमा नेपाल क्वार्टरफाइनलमा

काठमाडौं : इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टरफाइनल पुगेको छ।आइतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको जाकर्ताबाट ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् । महिला टिम भने इभेन्टमा नेपाल समूह चरणको खेलमा माल्दिभ्ससँग ३–२ सेटमा पराजित भएको छ । महिला ब्याडमिन्टन टोलीमा नङ्शलदेवी तामाङ, रसिला महर्जन, जेसिका गुरुङ र अमिता गिरी रहेका छन् ।

२९७५ भदौ ३ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :