पहिरोले घर पुर्दा एउटै परिवारका ४ जनाको मृत्यु

काठमाडौं / साउन २८ : अविरल वर्षाका कारण पहिरो जाँदा सिन्धुली कमलामाई नपा–६ मा एउटै परिवारका ४ जनाको मृत्यु भएको छ । शनिबार एका बिहान २ बजेतिर गएको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा दुर्गा कुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनिष खड्का छन् । मृतक चारै जनाको शव जिल्ला अस्पता सिन्धुलीमा राखिएको छ । पहिरोमा पुरिएका दुर्गाका श्रीमान उदयबहादुर खड्कालाई भने सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

२०७४ साउन २८ गते १० : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :