पत्रकार साउँद गिरफ्तार, जनपत्रकार संगठनद्वारा रिहाइको माग

पोखरा : पत्रकार संगठनका केन्द्रीय सदस्य तथा जनपत्रकार संगठन कास्कीका जिल्ला संयोजक रमाकान्त बास्तोलाले शुक्रबार विज्ञप्ति निकाली जनपत्रकार संगठन कास्कीका सदस्य राजन साउँदलाई पोखराको पृथ्वी नारायण क्याम्पसबाट विना कारण प्रहरीले गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाउदै रिहा गर्न माग गरेका छन् ।

संयोजक रमाकान्त बास्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनपत्रकार संगठन कास्कीका सदस्य तथा ejhajhalko.com का स–सम्पादक राजन साउँदलाई आज पोखराको पृथ्वी नारायण क्याम्पसबाट बिना कारण गिरफ्तार गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानायकर्षण भएको छ । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति निरन्तर अनुदार, क्रुर बन्दै आएको पुष्टि पत्रकार साउँदलाई गिरफ्तार गरिनु यसैको निरन्तरता हो भन्ने ठहर रहेको छ ।’

बास्तोलाको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘संविधानले दिएको अधिकारलाई कुण्ठित हुनेगरी वर्तमान सरकारले देखाएको यो रबैया खेदजनक छ । बिचार, आस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन हुनेगरी पत्रकार राजन साउँदलाई विना कारण गिरफ्तार गरेको हुँदा निर्बाध रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने, स्वतन्त्रता पूर्वक समाचार संकलन, लेखन, प्रकाशन तथा प्रसारण गर्न पाउने संबिधान प्रदत्त अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गर्दै सम्पूर्ण पत्रकार साथीहरु, पत्रकार संगठन, मानवअधिकारकर्मी, बुद्धिजीवी लगायतलाई साउँदको रिहाइमा पहल गरीदिनुहुन यही विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछु ।’

२०७६ साउन १७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :