पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक

काठमाडौँ : नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ । उहाँहरूका पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा सोमबार बिहान काठमाडौँ कीर्तिपुरमा निधन भएको छ । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । शर्माका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्य जेठा छोरा हुनुहुन्छ । रातो खबर साप्ताहिक परिवार शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल आचार्य परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

२०७६ भदौ २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :