काठमाडौं : माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेका छन् । उनी गएराती चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका हुन् । उनी होटलको एक कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा फेला परेको बताइए छ तर प्रहरी घटनास्थलमा पुग्दा कोठाको ढोका खुल्ला अवस्थामा भेटिएको बताइएको छ । होटल मालिकले भने ढोका नखुलेपछि आफैले धकेलेर फुटाएको दाबी गरेका छन् ।
प्रहरीले पत्रकार पुडासैनीको हत्या कि आत्महत्या भएको हो भन्ने बारेमा छानबिन पछि मात्र भन्न सकिने बताएको छ । पत्रकार पुडासैनीले लामो समय न्युज २४ मा काम गरेका थिए । हालैमात्र उनी न्युज २४ टेलिभिजन छाडेर माउन्टेन टेलिभिजनमा गएका थिए ।
पत्रकार पुडासैनीले माउन्टेन टेलिभिजनको मिशन न्युज कार्यक्रममा राजमार्गका होटलहरुमा भए गरेका बेथिति र लुटको बारेको समाचार लेखेका थिए । उनले सो समाचारमा राजमार्गका होटलहरुले कुहीएको खाना महङ्गगोमा खसीको मासु भन्दै बाख्राको मासुसँग बेच्दै गरेको समाचार उजागर गरेका थिए ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. २ कुमारी घर भएका पत्रकार पुडासैनी माउण्टेन मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।
२०७६ साउन २१ गते मंगलबार प्रकाशित