पत्रकार ओम हमाललाई सोमबार पुनः अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । जनपत्रकार संगठनकी सदस्य समेत रहेकी हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई सोमबार पक्राउको कारण र बन्दीसहित सोमबार अदालत पेश गर्न आदेश दिएको हो ।
समाचार संकलन गर्न गएका बेला कास्कीको सिसुवामा भदौं ६ गते हमाल पक्राउ परेका थिए । हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै दायर भएको बन्दी प्रत्येक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेर दुव्र्यवहार सम्बन्धी मुद्दा चलाएको थियो ।
दोस्रोपटक गिरफ्तार गरेपछि जनपत्रकार संगटनकी सदस्य रहेकी हमालकी श्रीमती मोनिका गुरूङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

२०७६ भदौ २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :