पत्रकारको टोली चीनतिर

patrakar

काठमाडौं/जेठ २७, पत्रकारको एउटा टोली आज अपरान्ह चीनको राजधानी बेइजिङतिर उडेको छ । ‘शान्ति र विकासको लागि चीन–नेपाल मञ्च (आउम) को आयोजनामा ५ सदस्यीय सो टोली बेइजिङतिर उडेको हो । टोलीमा पूर्व सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता, जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष वोर्डबहादुर कार्की, राइजिङ नेपालका योगेश पोखरेल र नेपाल पत्रकार महासंघ, नुवाकोट शाखाका सदस्य तथा विद्यार्थी नेता नारायण नेपाल छन् । एक हप्ते भ्रमनको सो टोली नेपाल–चीन सम्बन्ध विस्तार र आपसी सहयोग विस्तारका सम्बन्धका विभिन्न कार्यक्रम र गोष्ठिमा भाग लिनेछ । जनवादी गणतन्त्र चीनको युनान प्रन्तिय सरकारको निमन्त्रणामा सो टोली चीन प्रस्थान गरेको प्राप्त अर्को समचारमा बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :