‘नो ट्याक्स : नो एनसेल’ अभियान


सल्यान : सल्यानमा अखिल (क्रान्तिकारी)को अगुवाइमा ‘नो ट्याक्स : नो एनसेल’ अभियान संचालन गरिने भएको छ ।

एनसेलले जनताबाट अरबौँ करम उठाउने तर राज्यलाई तिर्नुपर्ने कर नतिरेकोले यो अभियान संचालन गर्न लागिएको बताइएको छ । उक्त संगठनले “देशकालागि हाम्रो अभियान, नो ट्याक्स : नो एनसेल” लेखिएको टिसर्ट समेत सार्वजनिक गरेको छ ।

 

त्यस्तै संगठनले शैक्षिक दलालिकरणका विरुद्ध पनि संघर्ष गर्ने बताइएको छ । ‘नो ट्याक्स : नो एनसेल’ अभियानलाई जिल्ला भरी सञ्चालन गर्न संगठनका सबै पदाधिकारीहरु लाग्ने अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

यसअघि पनि यो अभियान देशभरी गरिएको थियो । विश्व चर्चित जिवन प्रशिक्षक नरबहादुर कार्की, नायिका रेखा थापा लगायतका व्यक्ति तथा संघ संगठनले ‘नो ट्याक्स : नो एनसेल’ अभियान चलाएका थिए ।

ठूला करदाता कार्यालयका अनुसार एनसेलले राज्यलाई ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर तिर्नुपर्ने छ । तर एनसेलले भने चुनावका बेलामा थुप्रै नेताहरुलाई पैसा दिएको भन्दै राज्यलाई कर तिर्न मानेको छैन ।

२०७६ असार ३० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :