नैतिक धरापमा खनियाँ

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ झनपछिझन फस्दैछन् । बिहिबार माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठ र नेपाली काँग्रेसका सांसद गगन थापाले संसदमा काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन खारेज गर्न माग गर्दै सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि खनियाँ थप फस्दै गएका हुन् । सम्बन्धन काण्ड चर्किंदै गएपछि सांसदहरुले चिकित्सा विधेयक पारित नभएसम्म सम्बन्धन नदिन मागसमेत गरेका छन् । त्रिवि, कानुन संकायका डिन तारा सापकोटाले “अवहेलना खारेज भएको र सम्बन्धन दिनु भन्ने फैसला अलग–अलग हुन् । अवहेलना मुद्दा खारेज भएकै कारण सम्बन्धन दिनु भनी जारी भएको आदेशको औचित्य टुंगिदैन” भनेका छन् । चोरबाटोबाट त्रिविलाई नै बदनाम गर्नेगरी दिइएको सम्बन्धनका सम्बन्धमा अधिकारकर्मी तथा सो सम्बन्धी अनुगमन समितिका संयोजक कपिल श्रेष्ठ भन्छन् “समाजको अनुकरणीय व्यक्तित्व हुनुपर्ने विश्वविद्यालयका उपकुलपति अनावश्यक विवादमा पर्नु विश्वविद्यालयको गरिमा, विश्वसनीयता र प्राध्यापक तथा विद्यार्थीको अवमूल्यन हो” भनेका छन् ।

२०७४ भाद्र ९ गते १ः५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :