नेयमार बार्सिलोना जाने चर्चा चलिरहँदा अन्ततः पीएसजी मै समेटिए


काठमाडौं : ब्राजिलियन सुपरस्टार नेयमार बार्सिलोना जाने चर्चा चलिरहँदा अन्ततः फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)को लिग खेल खेल्ने टोलीमा समेटिएका छन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलन गरी नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र त्यसपछि ट्रान्सफर बजारमा सरुवा हुने चर्चाका कारण टोलीमा रहेका थिएनन् ।

नेयमारले चोटबाट पुनरागमन गर्दै ब्राजिलका लागि गत साता दुई मैत्रीपूर्ण खेलमा सहभागिता जनाइसकेका छन् । कोलोम्बियाविरुद्ध जितमा गोल समेत गरेका नेयमारले अब पीएसजीको आक्रमण सम्हाल्ने छन् । पीएसजीका मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी चोटका कारण विश्राममा रहेकाले नेयमारको आवश्यकता खड्किएको थियो । ‘नेयमारको पुनरागमन राम्रो समयमा भएको छ । एम्बाप्पे र काभानी चोटका कारण बाहिर रहँदा उनले नै हाम्रो आक्रमण सम्हाल्ने छन् । उनी अब पीएसजीमा नै ध्यान केन्द्रित गरेर खेल्ने छन् । हामीले पहिलादेखि यहि नै चाहेका थियौं ।’ प्रशिक्षक टुचेलले भने ।

२०७६ भदौ २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :