नेयमारको गोलमा पीएसजी जितसँगै शीर्ष स्थानमा


काठमाडौं : फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति भएको खेलमा नेयमारको गोलमा लियोनविरुद्ध १–० को जीत हासिल गरेको छ ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ नेयमारले पीएसजीका लागि गोल गरेका थिए । जितसँगै शीर्ष स्थानको पीएसजीले लिगमा तीन अंकको अग्रता लिएको छ । अघिल्लो हप्ता स्टार्सवर्गविरुद्धको खेलमा दोस्रो हाफको ईन्जुरी समयमा नेयमारले पीएसजीका लागि एक मात्र विजयी गोल गरेका थिए ।

लगातार दोस्रो खेलमा समेत अन्तिम समयमा गोल गर्दै नेयमारले घरेलु टोलीलाई स्तब्ध पारेका हुन् । नेयमारले पीएसजीका सुरुवाती पाँच खेल गुमाएका थिए । उनी बार्सिलोनासँग जोडिएपछि मुख्य प्रशिक्षक थोमस टुचेलले उनलाई टिम बाहिर राखेका थिए । उनी टिममा फर्किएपनि च्याम्पियन्स लिगको सुरुवाती तीन खेल गुमाउनेछन् । उनलाई युईएफएले तीन खेलका लागि निलम्बन गरेको छ । सोही कारण रियल मड्रिडविरुद्वको पहिलो खेलमा उनी मैदानमा देखिएनन् ।

फ्रेन्च लिगको शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १५ अंक जोडेको छ । लियोन ८ अंक सहित नवौ स्थानमा छ ।

२०७६ असोज ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :