नेपाल कम्युनिस्ट पार्टीले मेची–कोशीमा पार्टी पुनर्गठन दिवस भब्य रुपमा मनाउदैं


झापा : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको छैटौं पुनर्गठन दिवस भव्य रुपमा देशै भरी मनाउदैछ । यसै क्रममा पुर्वको मेची–कोशी ब्युरोका १० जिल्लाहरुमा पनि पुनर्गठन दिवस मनाउन लागिएको हो ।

ब्युरोका झापा, मोरङ्ग, सुनसरी, धनकुटा, ताप्लेजुङ, पांचथर, इलाम, तेह्रथुम लगायतका जिल्लाहरुमा सो जिल्लाका नेता कार्यकर्ता, पार्टी समर्थक, सुभचिन्तक र आम जनताको सक्रिय सहभागितामा पुनर्गठन दिवस मनाउन लागिएको हो । झापाका संयौ स्थानमा पोस्टर टांसिएको छ । त्यस्तै झण्डा र ब्यानरहरु पनि जिल्लाका मुख्यमुख्य स्थानमा राखिएको छ । इलामका डांडाहरुमा झण्डाहरु गाडिएको छ । त्यस्तै दक्षिणी इलाममा झण्डा गाड्नुका साथै पोस्टरिङ र वालिङ्ग गरिएको छ । यहि अवसरमा मेची–कोशीमा दशहजार पर्चा बितरण पनि गरिएको समाचार प्राप्त भएको छ ।

मोरङका शहर र गाउँहरुमा पोस्टर टांसिएको छ । पार्टीको छैटौं पुनर्गठन दिवस भब्यतापुर्वक मनाऔं लेखिएको रङ्गिन पोस्टर सुनसरीमा पनि टाँसिएको छ । मेची–कोशीका अधिकांश शहर, गाउँमा पोस्टर ब्यानर टाँसिएको छ । मेची–कोशीका सयौं स्थानमा पार्टीको झण्डा पनि गाडिएको छ ।

मंसिर ८ गते जनमुक्ति सेनाको स्थापना दिवस पनि भएको सन्दर्भमा पार्टी पुनर्गठन दिवसलाई अझ भब्य रुपमा जनताको बिचमा मनाउन लागिएको छ ।

२०७६ मंसिर ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :