नेपाली भूमि अतिक्रमणबारे चीनको धारणा

काठमाडौं : भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति नेपाल र भारतबीच विवाद भइरहेका बेला चीन पनि बोलेको छ ।

नेपाली भूमि आफूले अतिक्रमण नगरेको प्रष्टीकरण दिएको उसले कालापानीको विवाद भने नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सदवै सम्मान गर्ने बताए ।

नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेको र त्यसअनुसार सीमा तय गरिएको उनले बताए । हालै मात्र भएको चिनिाँ राष्ट्रपति शी जिनपिङको भ्रमणका क्रममा सीमा व्यवस्थापनबारे समेत सहमति भएको स्मरण गर्दै दूतावासका प्रवक्ता वाङले भने, ‘सीमाका विषयमा सहकार्य थप मजबुत बनाउन र बाह्य हस्तक्षेप आउन नदिन चिनियाँ पक्ष तयार छ ।’

उनले नेपाल चीन सम्बन्धलाई कमजोर बनाउने कुनै पनि प्रयास सफल हुन नदिने समेत बताएका छन् । तर, लिपुलेकबारे भने बोलेनन् । चीन र भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गर्दा नेपालले यो त्रिदेशीय विन्दु भएको भन्दै विरोध गरेको थियो ।

२०७६ कार्तिक २९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :