नेपाली बुलेट अझै भारतमा अलपत्र

काठमाडौं / भदौ  १  : नेपालमा खाना पकाउने एल.पी. ग्याँस भारतीय बुलेटले ढुवानी गर्दै आएका छन् । त्यसबाट ठूलो रकम भारत जाने गरेको छ । नेपाल सरकारले गतवर्ष आफ्नो बुलेटमा सो इन्धन खरिद गर्ने निर्णय लिएको थियो । त्यसअनुसार ४ सयवटा बुलेट नेपाल सरकारले खरिद ग¥यो । तर भारत सरकारको असहयोगका कारण नेपाली बुलेट भारतमा अड्किएका छन् भने भारतीय बुलेटले ग्याँस बोकिरहेका छन् ।

भारत कहिल्यै पनि नेपाललाई आत्मनिर्भर हुनदिन चाहन्न भन्ने यो पछिल्लो उदाहरण हो । भारत सरकारले नेपाली व्यवसायीलाई एक्सप्लोसिभ प्रमाणपत्र नदिंदा १० महिनादेखि २ स्थान बुलेट भित्रिएपनि ढुवानी ठप्प छ ।

सरकारले समन्वयकारी भूमिका नगर्द ५.२ अर्ब लगानी डुब्ने खतरा पैदा भएको व्यवसायीहरुको गुनासो छ । एल.पी. ग्याँस ढुवानीमा भारतीय एकाधिकार तोड्न सरकारले सो निर्णय गरेको थियो । भारतीय व्यवसायीको स्वार्थमा भारतले नेपालमाथि पूर्वाग्राही व्यवहार गरेको देखिन्छ ।

नेपाल आयल निगमले २०७२ असोजमा जारी गरेको सूचनाअनुसार २०७३ असारमा ७ सय ७५ वटा बुलेट खरिद गर्न अनुमति दिएको थियो । त्यसका लागि दुई तिहाइ भन्सार छुट दिएको थियो । नेपालका ५३ वटा ग्याँस उद्योगका लागि सो अनुमति दिइएको थियो । जसमा ५ अर्ब ४२ करोड ५० लाख लगानी भएको उद्योग संघको दाबी छ । नेपालले वर्षेनी भारतीय ढुवानी कम्पनी ‘भारतीय ट्रान्सपोर्ट कम्पनी’ लाई ३ अर्ब ५० करोड तिर्दै आएको छ । यो क्रम ४२ वर्षदेखि जारी छ ।

२०७४ भदौ १ गते १२ : ५८ म प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :