नेपाली जनप्रगतिशिल मोर्चाको पहलमा साउदीमा मजदुरलाई न्याय

साउदी अरब : नेपाली जनप्रगतिशिल मोर्चा साउदीले साउदीमा कार्यरत ६३ महिला मजदुरको समस्या समाधान गरिदिएको छ । घरेलु कामदारको रुपमा साउदी पुगेका नेपाली महिला मजदुरलाई कम्पनीले तोकिएको तलब र अन्य सेवा सुविधा नदिएपछि मोर्चाको पहल उनीहरुले तलब र सेवा सुविधा पाएका छन् । डेढ बर्ष पहिले नेपालमा रहेको Good Service International Pvt  बाट ६३ जना महिला मजदुर साउदी अरब स्थित Scientitic  And Medical Equipment House मा पुगेका थिए । सोही कम्पनीमा रहेर साउदीका विभिन्न ठाँउमा पुगेका नेपाली महिला कामदारहरुले त्यहा स्थित नेपाली जनप्रगतिशिल मोर्चालाई सहयोग मागेपछि मोर्चाले आवश्यक पहल गरेर उनीहरुलाई तलब र सेवा सुबिधा उपलब्ध गराईदिएको हो ।
साउदी स्थित नेपाली प्रगतिशिल मोर्चाका क्षेत्रीय इन्चार्ज कैलाश मैनालीले हाल साउदी अरबका बिभिन्न क्षेत्रमा सोही कम्पनीमा कार्यरत महिला कामदारहरुलाई कम्पनीमा तोकिएको तलब नदिएर मजदुरहरु समस्यामा परेको उजुरी आएपछि मोर्चाको पहलमा पीडितहरुलाई उचित पारीश्रमीक दिलाईएको बताए ।
यस्तै मोर्चाका सल्लाहकार तिर्थ पाख्रिनले जनप्रगतिशिल मोर्चाले नेपालस्थित मेनपावर कम्पनीसँग समन्वय गरेर मजदुरको हितमा काम गरेको बताए । साथै उनले नेपाल फर्किएका ३ जना कामदारलाई क्षतिपुर्ती दिलाईदिएको र ४४ जनालाई नेपालबाटै तोकेर पठाईएको सबै तलब  दिलाईदिएको र आफुहरुले काठमाडौँस्थित साउदी दुताबास र रिहादस्थित नेपाली दुताबाससँग समन्यवय गरेर नेपाली मजदुरहरुको समस्या समाधान गरिदिएको जानकारी दिए ।

२०७६ पुष २१ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :