नेपाललाई भूजडित मुलुक बनाउन सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

 काठमाडाैँ : दुईदिने नेपाल भ्रमणमा आएका विश्वका शक्तिशाली ब्यक्ति चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई भुपरिवेष्ठित मुलुकबाट भुजडित मुलक बनाउन चीनले हरसम्भव प्रयास गर्ने बताएका छन् ।
दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौँ आएका राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा होटल सोल्टीमा आयोजीत रात्रीभोजलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता ब्यक्त गरेकाहुन् ।
राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताए । उनले भने, ‘हामीले चीन नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं ।’
ल्याण्डलक्ड नेपाल अब ल्याण्डलिङ्क्ड हुने भन्दै सीले बढी भन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गन बताए । उनले भने ‘नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।’
शीर्ष नेताहरुको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले सम्बोधन गरेकी भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन् । उनले नेपाल र चीनको सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उचो भएको बताउदै दुईदेशको सम्बन्ध कुटनीति र परराष्ट सम्बन्ध मात्र नभएको भावनात्मक सम्बन्ध पनि भएको तर्फ इंगीत गरेकी थिइन । आज अर्थात आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने बार्तामा औपचारिक सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :