नेकपाले गरेको नेपाल बन्दको प्रभाव बिहानै देखि, ठाउँठाउँमा बम विस्फोट

काठमाडौँ : सरकारले आफ्नो पार्टीमाथि गरेको दमन र धरपकडको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव देशैभरी परेको छ । बन्दको कारण बिहीबार बिहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन बन्द भएका छन् भने कतिपय ठाउँमा प्रहरीले स्कटीङ्ग गरेर यातायातका साधन चलाएको छ ।
नेपाल बन्दको दिन बिहानै ठाउँठाउँमा बम विस्फोट भएका खबरहरु प्राप्त भएका छन् । राजधानीकै मुटु सिंहदरबारको पुर्वीगेटमा बम भेटिएको छ । बम भेटिएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । यस्तै पोखरा र चितवनमा गएराती बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
नेपालबन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले धादिङमा २ वटा मालबाहक ट्रकमा आगजनी गरिदिएका छन् भने मकवानपुरमा पनि एउटा ट्रकमा आगजनी गरिएको छ ।
नेपाल बन्दको पुर्वसन्ध्यामा देशैभरी मशाल जुलुस निकालिएको थियो । कतिपय ठाउँमा प्रहरीले आन्दोलनकारीहरुलाई आंतकीत बनाउन अश्रुग्यास र हवार फायर समेत गरेको थियो ।

२०७५ फागुन ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :