नेदरल्याण्ड्सविरुद्ध पारस खड्काले बनाए ८४ रन

काठमाडौंः वर्ल्ड  क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालका कप्तान पारस खड्का ८४ रन बनाएर आउट भएका छन्। टस हारेर पहिले व्याटिङ गरेको नेपालका लागि दोस्रो खेलमा पारसले नेदरल्याण्ड्सविरुद्धको ८४ रन बनाएका हुन्।

९४ बलको सामना गरेका पारसले ७ चौका र एक छक्का प्रहार गरे। सोमबारको दोस्रो खेलमा पनि नेपालले राम्रो सुरुवात गर्न सकेन। नेपालको व्याटिङ लाइन कप्तान पारस खड्का र सागर पुनले केही हदससम्म सम्हालेका थिए। ७८ बलको सामना गरेका सागर दुई चौकाको मदतमा सागर पुन ४५ रन जोडे।

५२ बलको सामना गरेका ज्ञानेन्द्र मल्लले ३९ रन जोडे भने ३३ बलको सामना गरेका अनिल मण्डल ४ रन बनाएर पेभिलियन फर्किए। १५ बलको सामना गरेका सरद भेष्वाकर ६ रनमै आउट भए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :