नेता–कार्यकर्ता गिरफ्तार गरेर सरकारले भारतीय साम्राज्यवादलाई मलजल पुर्यायो : नेकपा


काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले सिङ्गो देश भारतीय साम्राज्यवादको नाङ्गो हस्तक्षेपका विरुद्ध सङ्घर्ष गरिरहेको बेला सङ्घर्ष गर्नुपर्नेमा सरकारले उल्टै भारतीय साम्राज्यवादलाई मलजल पुग्ने गरी पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै उक्त गिरफ्तारीको घोर निन्दा एवम् भत्र्सना गरेको छ । ब्युरोले यही २२ गते बाजुरा जिल्लाको गौमूल गाउँपालिका माझपालीबाट गिरफ्तार गरिएका पार्टीका केन्द्रीय सदस्य चूडामणी ओली ‘आदर्श ’सहित १६ जना अभियान टोलीलाई यथाशीघ्र रिहा गर्न जोडदार माग पनि गरेको छ ।

ब्युरो इन्चार्ज निर्माणले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा यतिखेर देशव्यापी राजनीतिक अभियान लिएर हिँडिराखेको छ । भारतीय हस्तक्षेपका विरुद्ध देशका ७७ वटै जिल्लामा राजनीतिक कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिराखेको बेला यही २०७६ साल कात्तिक २२ गते बाजुरा जिल्लाको गौमूल गाउँपालिका माझपालीबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य चूडामणी ओली ‘आदर्श’ सहित १६ जना अभियान टोलीका कमरेडहरूलाई सामाजिक फासिवादी, जनहत्यारा केपी–पीके कम्पनीद्वारा निर्देशित गृह प्रशासनले गैरकानुनी ढङ्गबाट गिरफ्तार गरेको छ ।’

इन्चार्ज निर्माणको विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला सिङ्गो देश भारतीय साम्राज्यवादको नाङ्गो हस्तक्षेपका विरुद्ध सङ्घर्ष गरिरहेको बेला सङ्घर्ष गर्नुपर्नेमा उल्टै भारतीय साम्राज्यवादलाई मलजल पुग्ने गरी गिरफ््तार गरिएकोमा हाम्रो पार्टी घोर निन्दा एवम् भत्र्सना गर्दै यथाशीघ्र गिरफ्तार कमरेडहरुको रिहाइको जोडदार माग गर्दछौँ । अन्यथा यसविरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सामाजिक दलाल सरकार आफैँ हुनुपर्ने जानकारी यस विज्ञप्तिमार्फत गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ कार्तिक २४ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :