नेकपा रोल्पाका नेता ओली अदालतबाट चौथोपटक गिरफ्तार

 

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’ लाई चौथो पटक गिरफ्तार गरिएको छ । ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले तेस्रो पटक आदेश दिएको थियो तर सर्बोच्चको आदेशसँगै प्रहरीले जिल्ला अदालत प्युठानबाटै गिरफ्तार गरि अर्घाखाँची जिल्लाको सन्धिखर्क लगिएको छ ।
ओलीको गिरफ्तारी पछि तेस्रो पटक दायर गरेको प्रत्यक्षीकरणको रिटउपर सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै सर्वोच्चले रिहाकाेआदेश दिएको थियो । ओलीलाई गैरन्यायीक तरीकाले हिरासतमा राखेको भन्दै रिहाइको मागसहित लालबहादुर पुत्र विनोद वलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
रोल्पाको गंगादेव गाउँपालिका ३ का ओलीलाई प्रहरीले बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला  दाङकाे तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरेको थियो । प्रहरीले ओलीलाई रोल्पामा संगठित अपराध र एनसेल टावर आगजनीसम्बन्धि मुद्दा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :